नियम १०
वध गरिसकेपछि मासुको परीक्षण गर्ने कार्यविधि
(१) पशु वधशालामा पशुकोवध गरिसकेपछि मासु परीक्षण गर्ने कार्यविधि अनुसूची–६ मा उल्लेख भए बमोजिम हुनेछ ।
(२) उपनियम (१) बमोजिम परीक्षण गर्दा कुनै पशुको मासुमा क्षयरोग भेटिएमा अनुसूची–७ बमोजिम र अन्य रोग भेटिएमा अनुसूची–८ बमोजिमको कार्यविधि अपनाउनु पर्नेछ ।